Tuesday, February 7, 2012

गज़ल


 नजरको बाणले हान्यो कि मलाई ?  
मनको मन्त्रले तान्यो कि मलाई ।

बुझ्न नै सकिन आज खै के भनुँ ?
प्रियसी  भनेर जान्यो कि मलाई ।

सकिन बुझेर  मन नि  कहिल्यै  
जीवन संगीनी  मान्यो कि मलाई ।

शायद असल प्रेमी नै भएर
मनकी प्रेमिका ठान्यो कि मलाई ।

हज्जारौं सुन्दरी छाड्दै पो यसरी
 एक्मात्र मायालु छान्यो कि मलाई ।

छुटाइ कहिल्यै टाढा नै नगर्न
 कसिलो डोरीले बान्यो कि मलाई ।
(रचना -२९ /२०१० )

0 comments:

Post a Comment