गज़ल
आफ्नै बठ्याइेँ,स्वार्थ अति भो जगतको
यस्तै दु:खद हाल कति भो जगतको ।
छैन चोखो अब स्वच्छ यो संसारमा
हेर्दा हेर्दै अधौगती भो जगतको ।
तँ छाड् म छाड्को लुछाचुँडि नै चलेको छ
ओहो!कस्तो दुरमती भो जगतको ।
मान्छे सबै बनिरैछन् नि लोभिपापी
यस्तै लोभले धेरै खति भो जगतको ।
निस्वार्थ र निष्पापहरु खै! कँहा गए ?
स्वार्थ पाप अधिपती भो जगतको ।
0 comments:
Post a Comment