नसोंचेको बचन पनि खप्नु पर्छ यहाँ
आँखा नरोइ आसुँ पनि कती झर्छ यहाँ ।
आफ्नो मर्म आँफै सँग कती लुकाउने
अन्जानैमा पनि किन घ्रीणा गर्छ यहाँ ।
अप्जसेको पुर्पुरोमा सधैं खोटो सिक्का
अपशब्द,लान्छना नै सबले छर्छ यहाँ ।
मन भने अरुको नै भलो गर्छु भन्छ
तर पनि बिषालु त्यो बचन भर्छ यहाँ ।
कसैलाई नदुखाइ बाँचु भन्दा पनि
कसो कसो मनको खुशी केले हर्छ यहाँ ।
0 comments:
Post a Comment