गज़ल
कोलाहलमा रमिदिने कस्तो तिम्रो शहर त्यो
आफन्तलाई भुलिदिने कस्तो तिम्रो रहर त्यो ।
साथमा हुँदा भन्ने गर्थ्यौ भूल्न पनि कठिन छ
यती सजिलै बिर्सिदिने कस्तो स्वार्थी प्रहर त्यो ।
हृदयभित्र राखेकीथें झुटा तिम्रा बचन ती
मनभित्रका शंकाहरु ठिकै बन्यो ठहर त्यो ।
तुफान बनी आइदिन्थ्यौ शान्त मेरो तलाउमा
सुस्तगत्तिमा बगिदिने बन्न खोज्यौ लहर त्यो ।
मनभित्रका स्वार्थलाई छोपी मीठो बचन दिइे
सत्यबचन नभएर ,भयो शब्द जहर त्यो /
0 comments:
Post a Comment