Tuesday, February 7, 2012

गज़ल


कहाँ सुन्नु अब मैले बाँसुरीको धुन साथी ?
किन होला फिक्का लाग्छ पूर्णिमाको जून साथी?

सधैं किन मनभित्र एक्लोपन बिझी दिन्छ
आउ अब संगै बाँचौ मिलीजुली पुन:साथी ।

मनभरी उदासिका छिटाहरु धेरै भए
दु:ख,सुख सरोबरी अब रोजौँ कुन साथी ?

पीडासँग रमाउन मैले जानी सकेँ आज
कैलेकंही तिम्लेपनी दु:खपीडा सुन साथी ।

मित्र भन्नु त्यहि मात्र जस्लाइ नै भर लाग्छ
तिमी नै हौ सच्चा साथ बिर्सन्न म गुण साथी ।

(रचना १७ /२०१० )

0 comments:

Post a Comment