Tuesday, February 7, 2012

गज़ल


  आशारुपी घुम्टो ओढेँ घात लाग्यो
  निस्वार्थले काम गरेँ बात लाग्यो ।

  यस्तै रैछ मेरो भाग्य अप्जस मिल्ने
  पिइरैथेँ अमृत किन  मात लाग्यो ।

   जे जत्ती नै,गर्न खोजें राम्रो काम  
  आखिरमा सधैं शून्य  हात लाग्यो ।

   भन्छन् सबै जस लिन गार्हो हुन्छ
   कलंकित  बनी आज लात लाग्यो ।

  कर्मरुपी   फल पाएँ भन्थेँ मैले
  जिन्दगी नै, हरे !कालो रात  लाग्यो ।

  जे जस्तो छ, चित्त बुझ्नै पर्ने अहो !
  नजान्नाले पनि पीरको खात लाग्यो /
 -सेप्टेम्बर ३ २०१०

0 comments:

Post a Comment