Saturday, February 4, 2012

गज़ल

  (आशाबादी गजल )
बनेर बाढी आवोस आसुँ सजिलै रोक्न सक्छु म
दु:खको पहाड् अग्लिए पनि हिम्मतले बोक्न सक्छु म ।

धैर्यता कैल्यै रोकिने छैन मुटुमा शूल बिझे नि
निर्धक्क बनी मुटुमा किल्ला सहजै ठोक्न सक्छु म ।

नुनिलो आसुँ पिएर पनि अधरमा हाँसो राख्दै नि
झुकाइ शिर संसार बिच सब्लाई ढोग्न सक्छु म ।

पहाड बनोस् दरिद्र मेरो कहिल्यै माँग्ने हुन्न पो
जसरी हुन्छ पीडाको पल हाँसेर भोग्न सक्छु म ।

0 comments:

Post a Comment