Tuesday, February 7, 2012

गज़ल

 जब सझेँ गाउँ
तब दुख्यो घाऊ।


 अहो!आँखा बर्ष्यो
अब कहाँ जाउँ ?


 भयो भारी मन
लाग्यो शुन्य ठाउँ।


 पीडा बल्झी दियो
कस्लाइ सुनाउँ ?


 त्यो खुशीको क्षण
उफ! कहाँ पाउँ ?


 सम्झेर अतीत
कसरी रमाउं ?


बसन्त नै बनी
खै!के गरि छाउं ?
 (३ /१७ /२०१० )

0 comments:

Post a Comment