नछेकोस कहिल्यै भुगोलले पनि हाम्रो यो शहरलाइे
नदेखोस कहिल्यै कसैले पनि निष्ठुरी कहरलाई ।
जसरी हामीले मायामा पनि एक्लो पल काट्दैछौँ
नलिउँ कहिल्यै हामीले साथ पापिष्ट जहरलाई ।
जती नै बढोस मायाको दुरी हाम्रो यो जुनी भर
बिर्सन्नौ कहिल्यै मरेर पनि अनिँदो प्रहरलाई ।
प्रेमको आहुति दिएर पनि मरौँला हामीद्वय
आजन्म भर नै नमेट्न सकौँ मनको ठहरलाई
युगौँयुग् बाँचोस बोकेर आशा मुटुले धड्कनमा
नतोडी दिउँ है भूलेर पनि उज्यालो रहरलाई ।
(रचना २५ मे २०१० )
0 comments:
Post a Comment