Saturday, February 4, 2012

गज़ल

कता कता मनभित्र दु:ख पीडा साँचे जस्तो
आफ्नै मन आफैले नै टुक्रा पार्दै भाँचे जस्तो ।

बुझाउन यो मनको भित्ता भित्ता सम्याउँदै
बेदना नै गीत बनी मन मनै नाँचे जस्तो ।

मनभित्र जलन छ बाहिर त हाँस्नै पर्छ
अधरको बाटो गरी सुख खोली हाँसे जस्तो ।

पर्दाभित्र अर्कै खेल पर्दा अघी अर्कै झेल
नजानेर आफ्नै कुरा आफैले नै जाँचे जस्तो ।

भाग्यलाई जाँची हेर्ने कस्तो कस्तो कसी होला ?
रहरको बन्धनले आफ्नै भाग्य टाँसे जस्तो ।   

0 comments:

Post a Comment