(झ्याउरे छन्दमा निर्मित आफ्नै हालतको गजल )
कसरी आज फर्केर आएँ जीवन पाएर
सजिलै जान किन पो सक्थें श्रीजना भर्ने म ।
मायाको पूल बाँधेर मैले जीवन बिताएँ
मायालु बनी मायाको नदी सजिलै तर्ने म ।
मनको पीडा बाँडेर सबै चित्त यो बुझ्दथ्यो
प्रेमको रंग भरेर पनि मनमा सर्ने म ।
अरुको दु:ख आँफैले लिइे शान्त्वना बाँड्दथेँ
आफ्नो नै ठानी हृदय बाटै माया नै गर्ने म ।
0 comments:
Post a Comment