(जीवन प्राप्ती पछीको सोँचरूपी गजल )
भाग्यले आज दिएर साथ फेरि नि बाँच्दैछु म
मृत्युको घर टारेर आएँ त्यसैले हाँस्दैछु म ।
भाग्यमा अझै जीवन रैछ त्यसैले फर्केछु नी
जीवन गीत गाउँदै मीठो अहिले नाँच्दैछु म ।
पीडा र कष्ट सहनु सहें सम्झँदा आत्तिन्छु ऊफ् !
त्यो घडी पल नमिठो मानी मनमा साँच्दैछु म ।
त्यागेर मैले जीवन दान दिएथें अनायस् नै
पाएर फेरि मान्छेको जूनी पिरती गाँस्दैछु म ।
उडेको चोला निभेको सास फेरि नी फर्कियो र
जूनी यो नयाँ शब्दको टिका निधारमा टाँस्दैछु म ।
दु:खको भार मनमै राखी बाहिर हाँस्दथेँ
पिर र ब्यथा जीवन सम्झी खुशीले हर्ने म ।
रचना - १२ /३०/ २०१०
0 comments:
Post a Comment