Tuesday, February 7, 2012

गज़ल

(नयाँ बर्ष २०६७ सालको आगमनलाई हार्दिक स्वागत गर्दै सिर्जिएको गजल)


 आमाको माया, पाउन भनि, सम्झेर, आएछु
मात्रित्व मीठो, स्वीकार गरि, यादले ,धाएछु ।


औंशीको दिन,उज्यालो मान्दै,खुशीले,रमेर
आमाको रूप,सजाउँ भनि,बर्दान, पाएछु ।


जन्मेको सार,पाइन्छ भन्छ,हँसाए उन्लाइ
त्यसैले मैले, हँसाउँ भनि,कसम, खाएछु।


आमाको छायाँ,छेवैमा नाँच्छ,फन्फनी घुमेर
बसन्त बनी,उनकै लागि,सँधै नै, छाएछु ।


ममत्व झरी,बर्सेर आज,भिजेछु नित्थ्रुक्क
अरु नै केही,नचाहि मैले,आमा नै, चाहेछु।

0 comments:

Post a Comment