चलेकै छ संसारमा कुकर्मीकै सर्वनाम
जस्ले गर्छ सुकर्म त उस्कै हुन्छ बदनाम।
पिपल पाते ढोङीहरू जताततै छा'का छन्
त्यसैले नै भईरैछ चारैतिर छलछाम ।
काम भन्दा हल्ला गर्ने त्यसैको छ चलखेल
मेहेनती पौरखी सब भईरैछन् गुमनाम ।
बेईज्जती,गती छाडा साँढे गोरु समान छन्
मनुष्यत्व पाउँन खोज्दा भईन्छ है अपमान ।
कँही भने भोको पेट लुगा छैन आँगमाथी
कँही भने दिनदिनै मेजमान् र जलपान ।
रचना- मार्च -२ /१२
0 comments:
Post a Comment