Friday, March 9, 2012
मुक्तक
संसारमा बाँच्न मात्र यदी हामी आको भए
हर समय खुशी मात्र सबैले नै पाको भए
संघर्ष र मेहेनतको अर्थ कहाँ हुन्थ्यो होला ?
मान्छे सबै दु:खबाट अपरिचित भाको भए ......./
नदेखेकै जाती हुन्छ देखे मुटु दुख्छ
नभेटेकै ठीक हुन्छ भेटे आँत सुख्छ
यो जन्ममा मिलनको कुनै लक्षण छैन
एक्लोपलमै आफ्नो पीडा रमाएर फुक्छ ......./
म'त मिहेनतमा भर पर्ने मान्छे
सबैलाई परिश्रममा कर गर्ने मान्छे
जुट्नु पर्छ एक भई मिलाई शाहस
अल्छि र आलस्यबाट पर सर्ने मान्छे ।
जिउँदो उ कहलाउँछ जो अमर काम गर्छ
जस्ले मृत्यु अंगालेकोलाई पनि स्वाश भर्छ
लिएर चोला मानिसको,यो संसारमा आज
सुबाशिलो कामको जिउँदै सु-बास्ना छर्छ ।
भोलीको दिन नपर्खनु कसैले
दु:ख र पीडामा नतर्सनु कसैले
जे गर्नु छ,आजै फत्ते गर्नु पर्छ
ढिलाको परिणाममा नबर्सनु कसैले ।
रचना - मार्च /९ /१२ /
0 comments:
Post a Comment