Friday, March 16, 2012

गज़ल

संघारमा झुल्के घाम मुस्काउँदै पस्यो है
मनोरम प्रकृतिको छाँया मनमा बस्यो है।

स्वच्छ आकाश निर्मल क्षितिज आहा!कति मनोरम
रातो लाली जग्मगाउँदा मन सबको कस्यो है ।

घामको झुल्को जब पर्दा चाँदी जस्तो हिमालमा
पश्चिममा क्षितिजले लाजको लाली घस्यो है ।

नीलो नभ छाँया बनी  दहभरी  फैलिँदा
प्रकृतिमा घाम जून नजानी नै फँस्यो है ।

जब सूर्य जग्मगाउँदै धर्तिभरी छाउँछ
सबलाई प्रीत गाँस्न उज्यालोले डस्यो है ।

रचना - १६/ मार्च/ १२
 

0 comments:

Post a Comment