Friday, March 16, 2012

" रुबाईयत "

न हाँस्न सक्छु ब्यथा भुलेर
न बाँच्न सक्छु आज खुलेर
एक मुट्ठी सास धान्नै पर्‍या छ
गुलाफ झैँ तिखो काँढाबिच फुलेर ।

रमाएर नै नुनिलो आसुँ पिउँन वाध्य छु म
बोकेर भारी दु:ख पीडाको जिउँन वाध्य छु म
चोटको राप तापेर पनि शितल ठान्दै आएँ
फाटेको मन सन्तोष बन्दै सिउँन वाध्य छु म ।

आज सम्म मुश्किलले शरीर धानेकै छु
दु:ख,पीडा,धोका के हो ?सबै जानेकै छु
जन्मेपछी सबै मार्का सहनु नै पर्दोरैछ
उर्लिएका ईच्छाहरू मनमा बानेकै छु ।

रचना - मार्च /१६ /१२

0 comments:

Post a Comment