के के खोज्छन् के के भेट्छन् निर्दोष यी आँखाहरू
कैले खोज्छ हरियाली कैले उजाड् पाखाहरू
चंचल बन्दै कैले डुब्छ अरुको नै नयन् तालमा
कैले पूरा होला भन्छ पीरतिका भाखाहरु......./
जस्ले मलाई गर्छ तिरष्कार
उसलाई म गर्छु नमस्कार
जस्ले मलाई गर्छ बहिष्कार
उस्को नियतलाई गर्छु परिष्कार ......../
संसारको ज्वलन्त उदाहरण बन्न केहि त गर्नै पर्छ
देशलाई बँचाई राख्नकोलागी एकदिन त मर्नै पर्छ
रगतले भन्दा कलमले लेख्नु राष्ट्रको स्वाभिमानलाई
देशको रित्तो ढुकुटी सबले मेहेनतले भर्नु पर्छ /
0 comments:
Post a Comment