''चिन्तकहरुले चिन्ता नगरेपछी '' आचार्य प्रभा
चिन्तकहरुले नै चिन्ता नगरेपछी
देश सम्हाल्छु भन्नेहरुले नै
सर्वस्व बिगारे पछी
हामीले चिन्ताको भुमरिमा फँसेर
के पो हुने रैछ र ?
हामी त मूक दर्शक त भयौँ
राजनीतिका खेलाडिहरुको स्वार्थरुपी
खेल हेर्ने सोझा दर्शक ....
कहिले कस्को जीतको खुशीयाली
कहिले कस्को हारको पीडाको मौनता
कहिले कस्को कुनियतको भन्डाफोर
कहिले कस्को जाल साजको असलियत
खै... यस्तै,यस्तै खेलाडिहरुको खेलको
मैदान भैरहेछ हाम्री जननीको निश्छल छात्ती
अनी बज्री रहेछ निरन्तर रुपमा
स्वार्थरुपी राजनीतिक पीडादायी लात्ती
त्यसैले... म भन्न वाध्य छु
टाढाको क्षितिजमा रहेर पनि
कहिले उदाउला मेरो देशको पुर्वमा
सुनौलो राजनीतिको बिहानी ?
चिन्तकहरुले नै चिन्ता नगरेपछी
देश सम्हाल्छु भन्नेहरुले नै
सर्वस्व बिगारे पछी
हामीले चिन्ताको भुमरिमा फँसेर
के पो हुने रैछ र ?
हामी त मूक दर्शक त भयौँ
राजनीतिका खेलाडिहरुको स्वार्थरुपी
खेल हेर्ने सोझा दर्शक ....
कहिले कस्को जीतको खुशीयाली
कहिले कस्को हारको पीडाको मौनता
कहिले कस्को कुनियतको भन्डाफोर
कहिले कस्को जाल साजको असलियत
खै... यस्तै,यस्तै खेलाडिहरुको खेलको
मैदान भैरहेछ हाम्री जननीको निश्छल छात्ती
अनी बज्री रहेछ निरन्तर रुपमा
स्वार्थरुपी राजनीतिक पीडादायी लात्ती
त्यसैले... म भन्न वाध्य छु
टाढाको क्षितिजमा रहेर पनि
कहिले उदाउला मेरो देशको पुर्वमा
सुनौलो राजनीतिको बिहानी ?
0 comments:
Post a Comment