Thursday, March 22, 2012

मुक्तक

सृजनाको डोको बोकी साहित्यमा पस्दैछु
हर घडी लेखनलाई छाँद हाली बस्दैछु
लालच छैन पुरष्कार र झुटो वाह वाहिको
ललाटमा मसिकै अमीट टिको घस्दैछु ........./

मरेँ भने म अकालमै आफ्नैलागी मरी भन्नु
देशलाई केहि गर्न सकिन लेखनमा गरी भन्नु
छैन आफुमा ल्यागत अरु केहि उन्नती गर्ने
पसिना बग्न नसक्ला भावना स्वच्छ छरी भन्नु ........../

के के गर्ने उदेश्य थ्यो कहाँ आई चुकें म ?
ओईलिएको पत्झडसरी कसरी पो सुकेँ म ?
पलाएथ्यो मनैभरी आशाका ती पालुवा
थाकेका यी पाईलासंगै आफै आज रुकेँ म ........./

संसारको ज्वलन्त उदाहरण बन्न केहि त गर्नै पर्छ
देशलाई बँचाई राख्नकोलागी एकदिन त मर्नै पर्छ
रगतले भन्दा कलमले लेख्नु राष्ट्रको स्वाभिमानलाई
देशको रित्तो ढुकुटी सबले मेहेनतले भर्नु पर्छ /

किन होला आज भोली मन त्यसै चंचल हुन्छ
आफ्नो बसमा नरहेर कैले हाँस्छ कैले रुन्छ
पिरतीको मातले हो कि,यौवनको पल यस्तै
उस्को मीठो हेराईले मेरो अंग अंग छुन्छ ।  

मनको शान्ति पखालेर सुख कहाँ खोज्छौ ?
आफ्नै मान्छे पराई ठानी बिख किन रोज्छौ ?
आफ्नो रगत जे गरे नी बग्छ तिमी भित्रै
पराईले धोका देलान् त्यो बेला के सोँच्छौ ??????

0 comments:

Post a Comment