आरोप,प्रत्यारोपको खेल कति खेल्छौ भाते हो ?
आफू मात्र अघाउँने रोटी कति बेल्छौ खाते हो ?
एक् एक् गर्दै सबैको नै कालो कर्तुत खुल्दैछ
आफ्नै मात्र पेट भर्न कति लाग्छौ खैराँते हो ????????
कैले अपहरण काण्ड,कैले गर्छौ जालसाजी
कैले बन्छौ स्वच्छ नेता मनको कालो माझी
जनतालाई उल्लु बनाई आफू बाघ बन्दछौ
कैले बन्छौ मुसो जस्तै कैले बन्छौ काजी ।
दोहोरी खेल धेरै भयो अब खेल्न पर्दैन
उज्यालो त्यो किरणलाई हातले छेल्न पर्दैन
एकदिन त तीन नेत्र सबको खुलिएला
बुद्धु बनाई सोझालाई भीरमा ठेल्न पर्दैन ।
कति खेल्ने नेता हो घुम्ने मेचको खेल
अती भन्दा चारै भो पापिष्टको झेल
खहरे भई सुक्या छन् सबै यो घडी
होस् गरेस् बगाउलान् आक्रोश बनी भेल ।
रचना -मार्च /२५ /१२
0 comments:
Post a Comment