"कहिले बन्ला मानव समाज ?????????"
स्थापना गर्यो रे
मेरो गाउँको हर्केले
"छेत्री समाज"
अनि बन्यो रे उ
त्यो समाजको नाइके,
हो............. ,
बेकारीको बिल्ला भिरेर
बाँच्नु भन्दा त समाजमा
आफ्नो पहुँच बढाउँनु
जाति हो ।
कता कता म भित्र
यो खबरले उत्साहको
अंकुर पलायो
मैले हर्केलाई धन्यबाद र
स्याबासीको शुभकामना
पठाएँ र सोधेँ
अब "छेत्री समाज" खोलेर
के उन्नति गर्ने बिचार छ?
जवाफमा उस्ले प्रफुल्ल बन्दै
भनेको थियो
अरु त के हुनु र ?
यसो छेत्री समाजमा
भईपरी आएको समस्यामा
केही राहत पुर्याउँने
कुनै अवसर आएमा
यहि जातिलाई अघि सार्ने
केही चन्दा संकलन गर्ने
अनि संकलित अर्थले
आफ्नो पनि केहि
समस्या टर्ने
यस्तै छ साथी मेरो
उदेश्य अनि बिचार।
म मौन बनें र सोँच्न थालेँ
चार जात छत्तिस बर्णभित्र
यस्तै स्वार्थको समाज खोलिए
कहिले बन्ला मानव समाज ?
अनि कस्ले गर्ला?
पीडितको उद्दार ???????????
रचना -मार्च /२४ /१२
0 comments:
Post a Comment