Sunday, April 1, 2012

मुक्तक

सक्छौ भने तिमीले मनको सुन्दर गाउँ देउ
सबैबाट लुकाएर बस्ने न्यानो ठाउँ देउ
सबै सोध्छन् परिचय मेरो,आफ्नो के हो भनि ?
सबको मनमा अल्झी दिने यहि प्रभा नाउँ देउ ........./

देखिहाल्नु पर्ने कुनै कुरा देखिन मैले यहाँ
लेखिहाल्नु पर्ने कुनै कुरा लेखिन मैले यहाँ
फेसबुक संजालमा अनेक भन्नेहरू छन् ओहो!
टेकिहाल्नु पर्ने कुनै कुरा टेकिन मैले यहाँ ........./

आफ्नै रगतलाई सम्हाल्न सकिन,जातियतामा कसरी लडुँ म ?
सम्तल् बाटोमा नै पाईला बढाउँन सकिन,भीरमा कसरी बढुँ म ?
मुखले बोल्न सजिलो रैछ हजुर,ब्यवहारमा धेरै कठिन भेटाएँ
आफ्नो खुट्टा  काटी चढाएँ अरुलाई,कम्जोर टेको लगाई कसरी ठडुँ म ?????????

फूलको पराग चुसेर भंवरा टाढा भागीदिन्छ
कालो टीको कलंकको फूललाई नै लागीदिन्छ
मुर्झाएरै पनि फूल,हाँस्दछे भित्री ब्यथा लुकाई
उस्कै सौन्दर्य त्रिष्णा,सबको आँखामा जागीदिन्छ ........./

1 comment:

  1. मेरो साह्त्यिक ब्लग हेरेर प्रतिक्रिया दिनुहुन बिनम्र अनुरोध। कमिकम्जोरी अवश्य होलान् । स्पष्ट पारिदिनु हुन पनि आग्रह ।

    ReplyDelete