''तिम्रो मायाको अर्थ''
तिम्रो मायामा प्यास पनि छ
अनि छ कता,कता
दह्रिलो बिश्वास पनि /
तिम्रो चाहनामा मधुमास पनि छ
अनि छ मीठो उच्छ्वास पनि /
त्यो माया करको कब्जामा थोपरिएको हैन
यो मनसँग,
त्यो चाहना जबर्जस्ति उब्जिएको हैन
केवल बास्नाको लालचमा/
हो.....अनायास त्यो माया
अग्लियो हिउँको पहाड बनेर
अनि......बाध्य बन्यो यो मन पनि बग्न
त्यहि हिउँको पानिसंग छताछुल्ल पग्लिएर /
हो.......मायाको स्वरूप नै यस्तै हुन्छ
अनायास उब्जिन्छ,
कता,कता हराउँछ,टोल्हाउछ,
एकान्तिक्तामा आँशु बगाउँछ ,
मनलाई बिचलित बनाउँछ
अनि .....उसैको समीपता पाउन आतुर बन्छ
त्यसैले ..........नसोंच्नु तिमीले
मायाको अर्थमा कतै प्यासी बनेँ कि भनेर ?
त्यो स्वार्थको प्यास म ठान्दिन
बरु म मायाको आभाष ठान्दछु
त्यो देहको आकर्षण म मान्दिन
आफ्नोपनको मीठास मान्दछु
मेरो बिन्ति तिमीलाई ,
तिमी आत्माग्लानिको ज्वालामा नजल
मान्छौ भने मायाको एउटा
अंकुर सम्झ बस .........../
(अमेरिका )
तिम्रो मायामा प्यास पनि छ
अनि छ कता,कता
दह्रिलो बिश्वास पनि /
तिम्रो चाहनामा मधुमास पनि छ
अनि छ मीठो उच्छ्वास पनि /
त्यो माया करको कब्जामा थोपरिएको हैन
यो मनसँग,
त्यो चाहना जबर्जस्ति उब्जिएको हैन
केवल बास्नाको लालचमा/
हो.....अनायास त्यो माया
अग्लियो हिउँको पहाड बनेर
अनि......बाध्य बन्यो यो मन पनि बग्न
त्यहि हिउँको पानिसंग छताछुल्ल पग्लिएर /
हो.......मायाको स्वरूप नै यस्तै हुन्छ
अनायास उब्जिन्छ,
कता,कता हराउँछ,टोल्हाउछ,
एकान्तिक्तामा आँशु बगाउँछ ,
मनलाई बिचलित बनाउँछ
अनि .....उसैको समीपता पाउन आतुर बन्छ
त्यसैले ..........नसोंच्नु तिमीले
मायाको अर्थमा कतै प्यासी बनेँ कि भनेर ?
त्यो स्वार्थको प्यास म ठान्दिन
बरु म मायाको आभाष ठान्दछु
त्यो देहको आकर्षण म मान्दिन
आफ्नोपनको मीठास मान्दछु
मेरो बिन्ति तिमीलाई ,
तिमी आत्माग्लानिको ज्वालामा नजल
मान्छौ भने मायाको एउटा
अंकुर सम्झ बस .........../
(अमेरिका )
0 comments:
Post a Comment