"असन्तुष्टिको ज्वारभाटा" आचार्य प्रभा
म,
असन्तुष्टिको ज्वारभाटाको
छाल बनेर कहिले
मनको किनारबाट छलाँग मार्छु,
कहिले किनार छाडेर
पर भाग्छु,
कहिले बहुलाएर उर्लिन्छु
कहिले मौन बनेर
स्थिर बन्छु ।
हो यही नियती बनेको छ अचेल,
मनका उथल,पुथलहरु
तरंग बनेर तैरिन्छन
दिक्क मान्दै म देखी कहिले
अनी म ,
आँफैबाट तिरष्क्रित बन्छु
लाग्छ कहिले त
म आफ्नै मनको बोझ हुँ
अनी शान्त्वनाको भिख खोज्दै
पस्न खोज्छु कसैको मनको ढोका
ढक्ढक्याउन त र...... अफ्सोच !
कहाँ मेरो निम्ती सबै ढोका
खुल्ला हुन्छन र सहजै ?
किन कि मेरो अनुनयको
समय नै अन्धकारमा परिणत
भै सकेछ ,
दिनको उज्यालोले त बिदा
लिइ सकेछ,
त्यसैले म सबैबाट बहिष्क्रित भएछु
किन कि मेरो जीवनको सुरुवात नै
साँझबाट भएछ ,
जहाँ म हिंड्दा हिंड्दै
अंध्यारोमा अडिन पुगेछु
लाग्छ अब म निरशता र असन्तुष्टिकै
भागीदार बन्नेछु ।
जस्को चौतारीमा बास मागे
उसैको बिसौनिको अर्घेलो बन्नेछु
हो..... म,
असन्तुष्टिको छाल् बनेर
मनको किनारा छाडि भागीरहेछु ।
(अमेरिका )
0 comments:
Post a Comment