Friday, May 4, 2012

गज़ल

सुकुमारी बैँश बोकी तिम्रै बाटो पर्खेकी छु
प्रेमालाप मीठो गर्न अरुसँग झर्केकी छु ।

किन किन हर पल तिम्रै बाटो हेर्छ आँखा
यो मनमा कोहि पस्ला भनेर म तर्केकी छु ।

झर्छ आसुँ भिज्छ गह तिम्रै पिर शोकसुर्ताले
तिम्रै नाउँ जपेर नै शुद्ध अमृत छर्केकी छु ।

हर रात अँगालोमा सिरानीलाई च्यापी सुत्छु
तिम्रो साथ नपाएर शिशा जस्तै चर्केकी छु ।

यौवनको मात होईन हृदयको माया देउ
तिम्रो प्यार पाउँन म पानिसरी दर्केकी छु ।

रचना -मे / ४ /१२

0 comments:

Post a Comment