Wednesday, May 9, 2012

कबिता

                             ''मेरो अपिल पाठकलाई ''                               

मेरो अर्थमा सबै कुरा स
ही  
नहुन सक्छन्  
यदी उसो हो भने पनि,
म पक्कै  नकारात्मक सोँचहरु त
बाँड्न चाहन्न,
तर ---हुन सक्छन्
भावनाहरु कसैको पनि
बिचारसँग मेल नखान सक्छ
वा ---अर्थको अनर्थ हुन सक्छ/
साँ
च्चै..., 
त्यस्तै  तारतम्य 
मिल्न गएमा मेरो रचना 
यदी कसैले अद्ध्यन गर्छ भने
सबै मेरो बिचारसँग 
सहमत् हुन जरुरी छैन /
जस्ले मेरो रचनामा 
सत्यताको गोर्खे लौरी हान्न 

सक्दछ,
पक्कै पनि 'ऊ'मेरालागी
असल समिक्षक बन्न सक्छ
जस्ले ---मेरो बिचारको कमिलाई
असल भावनाको कसी लगाएर
पुर्णता गरिदिन्छ,
अनि   ---

जस्ले मेरो मेहनतको  कमीकमजोरिलाई  
औल्याएर सहि न्याय दिन सक्छ
हो..., 

त्यस्तै पाठकको पर्खाइमा
मेरा भावनाहरु प्रतिक्षित छन्
हो...,

त्यस्तै  कमजोरिको ढाड भाँच्ने
समिक्षकको अभावमा मेरा भावनाहरु
अलपत्र छन्
त्यसैले..., 

म अपिल गर्दछु
म प्रसङ्शाको भोको छुइेन

ही ,सत्य गालीको आशामा छु
न कि ---
भावनाको अर्थ बुझ्ने प्रयास नगरि
बेअर्थको 
प्रतिकृया  पाउने 
अभिलाषामा /

(अमेरिका )    






0 comments:

Post a Comment