गज़ल
नेपालीको भाग्य अब कहिले पो खुल्ने हो ?
छातीभित्र लागेको चोट् कसरी पो भुल्ने हो ?
हर पल हर दिन फेरिन्छन् है चोट्हरु
खुशीका ती क्षणहरु कसरी पो हुल्ने हो ?
जता टेक्यो चारैतिर काँडाघारी भेटिन्छन्
रङीचंगी फूलबारीमा कसरी पो डुल्ने हो ?
जात,भातमा लड्न लगाइे नेताहरु मौन छन्
एकत्वको मिठासमा कसरी पो झुल्ने हो ?
सयौं थरी फूलका हामी एउटै माला भन्छन् रे
एकै माला बन्न अब कसरी पो फुल्ने हो ?
रचना - जुन/ ११/ १२
0 comments:
Post a Comment