प्रतिक्षाको मीठो फल अवश्य नै पाक्नेछ
जालीझेली गर्नेको गोडा सधैं थाक्नेछ
अरुलाई फँसाउन तेर्स्याएको बाणले
फर्किएर सर्लक्कै आफुलाई ताक्नेछ ............../
आज राती सपनिमा उडेको पो देखेँ
बि,एम,डब्ल्यु चिल्लो कारमा गुडेको पो देखेँ
कल्पनामै थिएन मेरो बि.एम.डब्ल्यु चड्ने
कसैको सपनी नै चुँडेको पो देखेँ ............/
बिचलित गराउँन मलाई लाखौँ प्रयास गर्यौ
प्रगतिमा मेरो तिमी यतीबिघ्न डाहाले मर्यौ
कतिसम्म गिरी आफैबाट गर्नुसम्म कोशीस गर्दै
आखिर नजरबाट आफ्नै उठ्नै नसकी झर्यौ ........../
गोहिको आसुँ झारेर दयाको भिख माँग्न खोज्छौ
परमेश्वरको नाम जप्दै सत्यको बाटो नाँघ्न खोज्छौ
सत्यमा यदी हिँड्यौ भने आसुँ झार्नै पर्दैन कहिल्यै
असत्यको छत् ओड्दै दु:खको पाल टाङ्न खोज्छौ ............/
0 comments:
Post a Comment