( गजल )
फुले पनि एकदिन अवश्य नै झर्नुछ
पत्कर् बनि यो जूनीमा बैँश मैले हर्नुछ ।
पाएर पो के भयो र कोमल यो जिन्दगी ?
पातभरी शीतको आसुँ सधैं मैले भर्नुछ ।
भोग्दै जान्छु कोपिलाको स्वरूप पनि आखिर
फक्रेपछी सौन्दर्यको हरण् ओहो!गर्नुछ ।
मग्मगाउँदै फुल्छु जब पापी आँखा ठोक्किन्छन्
गुमाइे बैँश भमराकै भर फेरि पर्नुछ ।
बाँडी मिठास् यौवनाको सबलाई लठ्याउँदै
लूटाएरै यौवन मैले बास्ना आखिर् छर्नुछ ।
रचना - जुन -२२/१२
0 comments:
Post a Comment