"अवशान खुशीको"
कथित योजनाहरुका
षड्यन्त्ररुपी भोगाइेहरुसँग
पराजित यो मन
अनायस,
बिचलित बन्न खोज्छ।
सोँच्छु,
आखिर कुन दुष्कर्मको
परिणाम यतिखेर दुखित
दिनचर्या बनेर
हरपल,हरसमय चिथोरी रहेछ
यो नीरिह भाग्यलाई,
खै!भाग्य खोटो भनुँ त
भाग्यकै कमारो बनेर
नौलो भुमिमा टेक्नु पर्यो
अनि.....भाग्य दर्हो भनुँ त
उसरी नै समयको चक्रब्युहमा
पिसिनु पर्यो ।
लाग्छ,अब त......,
यो अलच्छिनी जन्म
केवल दोष र अड्चन
खप्न मात्र भएको हो कि ?
उफ!!!यस्तै भ्रमपूर्ण प्रश्नसँग
जेलिएको यो पीडित जीवन
शायद.......यसरी नै
यस्तैगरी एकदिन अस्तित्वहिन
बन्नेछ............../
रचना - जुन/ २६/ १२
0 comments:
Post a Comment