" निश्छल हेराइे "
निश्चिन्त फर्किएर नभतिर
बालशुलभ आँखाहरु
खोजिरहेछन् भविष्यका
सुनौला सपनाहरु ।
ऊ,एउटा कलिलो बालक
अन्जान छन् उस्का सोंचहरु,
अनभिज्ञ छ उस्को मस्तिष्क
भोलीको अनिश्चित समयदेखी ।
ऊ कलिलो बिरुवा झैं छ ,
ऊ काँचो माटो समान छ,
यदी.....,सहि माली पाएमा
ऊ फलदायी बोट बन्न सक्छ
चमत्कारी हात पाएमा
ऊ आकर्षक बर्तन बन्न सक्छ
अथवा,
मल्जल,पानी जती दियो
ऊ उती नै हराबरा भइे
फष्टाउँन सक्छ,
जस्तो आकारमा ढाल्यो
उस्तै स्वरूपमा ऊ ढल्न सक्छ ।
ऊ निर्दोष,निस्कलंक छ
अनि छ निष्पाप मन उस्को
त्यसैले ऊ चिहाउँछ
निर्धक्कसँग आकाशमा
अनि दाँज्दछ आफुलाई
आकाशका उज्याला ताराहरुसँग
भविष्यमा यसरी नै
चम्कुँला भन्ने स्वर्णिम सपना
सजाउँदै हर साँझको प्रहरमा ................./
निश्चिन्त फर्किएर नभतिर
बालशुलभ आँखाहरु
खोजिरहेछन् भविष्यका
सुनौला सपनाहरु ।
ऊ,एउटा कलिलो बालक
अन्जान छन् उस्का सोंचहरु,
अनभिज्ञ छ उस्को मस्तिष्क
भोलीको अनिश्चित समयदेखी ।
ऊ कलिलो बिरुवा झैं छ ,
ऊ काँचो माटो समान छ,
यदी.....,सहि माली पाएमा
ऊ फलदायी बोट बन्न सक्छ
चमत्कारी हात पाएमा
ऊ आकर्षक बर्तन बन्न सक्छ
अथवा,
मल्जल,पानी जती दियो
ऊ उती नै हराबरा भइे
फष्टाउँन सक्छ,
जस्तो आकारमा ढाल्यो
उस्तै स्वरूपमा ऊ ढल्न सक्छ ।
ऊ निर्दोष,निस्कलंक छ
अनि छ निष्पाप मन उस्को
त्यसैले ऊ चिहाउँछ
निर्धक्कसँग आकाशमा
अनि दाँज्दछ आफुलाई
आकाशका उज्याला ताराहरुसँग
भविष्यमा यसरी नै
चम्कुँला भन्ने स्वर्णिम सपना
सजाउँदै हर साँझको प्रहरमा ................./
रचना -जुन/ २५/ १२
0 comments:
Post a Comment