Saturday, July 7, 2012

( गजल )


कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ?
कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु ।

कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई
मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु ।

सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि
यसैले त पिउँदैछु प्राणै लिने जहरहरु ।

एकान्तमा जिउँनलाई यो मनले स्वीकार् गर्‍यो
कोशिस् अब गर्दैछु म भुल्न झिल्मिल् शहरहरु ।

मनको दियो निभेपछी अन्धकारले छोप्दोरैछ
निष्पट् रातमा सुंक्सुकाउँछन् ब्यथारुपी कहरहरु ।

(रचना - जुलाइे/ ७/ १२ राती )

0 comments:

Post a Comment