गेंडी
अ.ने.सा.स अब चैं टुक्रिएला जस्तो छ
साहित्यको चाल् पनि हेर अब यस्तो छ
आयो कुदिन,
जाने भयो अब सुदिन .........../
साहित्यको भण्डार सबैले नै भर्नुछ
अमर् कृति छाडेर लेखकले मर्नुछ
हल्ला नगर,
झगडाको बिउ नछर ........../
लेख्ने काम छाडेर नेता जस्तै भइेयो
झगडामा फँसेर खोलै खोला गइेयो
अब के होला?,
साहित्यले आकाश् के छोला........ ?
लेखक् मन नमिल्दा अधोगती चाल भो
साहित्यिक घर नि गोठको झैँ हाल भो
यस्तो चाहिन्न ,
कबि भन्न अब पाइेन्न ....../
उदाहरण कबिकै बरिष्ठमा देखिन्थ्यो
साहित्यमा डुबेर संसार नै लेखिन्थ्यो
मन मर्यो नि,
लेखकको चैन हर्यो नि ........../
RACHANA JULY -10 /12 RECENT
0 comments:
Post a Comment