Thursday, July 12, 2012

( गीत )


मेरो माया काँडा सम्झी झिकी सकेछौ 
निष्ठुरी हुँ भन्न पनि सिकी सकेछौ ........../


अचम्भ भो त्यस्तो मान्छे परिवर्तन हुँदा
असह्य भो उस्कै यादमा घरि घरि रुँदा ............/


मेरो नाम हृदयबाट मेटी सकेछौ
अर्कै नयाँ जीवनसाथी भेटी सकेछौ ................/


निराश भो मनको मित आज टाढा हुँदा
फूल जस्तो कोमल प्रीत आज काँढा हुँदा .........../


मेरो माया ..................../

रचना - जुलाइे १२/१२

0 comments:

Post a Comment