Thursday, July 12, 2012

गज़ल

(नयाँ कार्यभार सम्हाल्न सक्षम अनेसासका कार्यकर्ताहरुलाई शुभकामनारुपी गजल )


साहित्यको सेवामा नै समर्पित हुनु
लेखनको उचाइेले आकाश नै छुनु ।

लेखन धर्म नमार्नु है नेताभाव पाली
अनेसास कलंकित् भो साहित्यले धुनु ।

अहंकार,बैमनष्य पाली अब हुन्न
लाग्छ मलाई भनाभैरी कलमले थुनुँ ।

शसक्त र बफादार साहित्यको माँग
म त भन्छु यस्तालाई स्वच्छ मनले चुनुँ ।

कामना छ नयाँ जोश् जाँगरलाई हाम्रो
नपरोस् है लेखकले अब चाँही रुनु ।

रचना - जुलाइे -१२/ १२ राती

0 comments:

Post a Comment