Monday, July 16, 2012

रुबाइेयत

मनको गाउँ शुन्य भयो उस्ले छाडेपछी
आफु नै म रित्तिएछु माया बाँडेपछी
छाती मेरो चर्कि रह्यो सम्झनाले पोल्दा
ढुक्ढुकी नै बन्द भो पिरको किल्ला गाडेपछी ............/

हेर्दा हेर्दै आँखाभित्र कालो बादल छायो
निष्ठुरिको याद फेरि यो मनमा आयो
बिर्सिएर अतित सबै फेरि जिउँला भन्थेँ
यती बिघ्न यो भाग्यले किन सजाय पायो ............./

संसारमा माया भन्दा ठुलो केही हुन्न
माया दिने मान्छे पनि गार्‍हो हुन्छ चुन्न
आजभोली चोखो माया कस्ले दिन्छ कस्लाई ?
मायारुपी बोली पनि कठिन पर्छ सुन्न ............/

अरुलाई बुझाउन सजिलो छ बरु
यो मनलाई बुझाउने को पो होला अरु ?
जसो,तसो फकाउँछु यो मनलाई आफै
कैले सोँच्छु यो मनबाटै अन्तै कतै सरुँ ............./

लेख्न सजिलो छ काल्पनिक कथा
खप्न गार्‍हो छ मनभित्रको ब्यथा
जस्ले जे भनुन् भन्दै गरुन् ता'पनी
दु:ख,पीडा नै हो आफ्नो जाय जेथा .........../

0 comments:

Post a Comment