रोइेरै'छु एक्लो बनी मरुभूमीको रेतमा
मेरी उनी एक्लै होलीन् बाँझो त्यो खेतमा ........./
लह लह बाली झुल्दा रमाउँदै गाउँथ्यौं
बिहानीको शीतसँगै मुस्कान बनी छाउँथ्यौं .........../
टोलाइेरै'छु अन्जान बनी नौलो परदेशमा
मेरी उनी रुँदै होलीन् एक्लै घरदेशमा ......../
मिर्मिरेमा गीत गाउँदै खेतबारी धाउँथ्यौँ
गोधुलीमा बास बस्न घर फर्की आउँथ्यौं .........../
अल्झीरै'छु दुखी बनी बिरानो यो ठाउँमा
मेरी उनी कस्ती होलीन् बिकट त्यो गाउँमा .............../
रचना -जुलाइे २६/१२
गितको मुक्तकण्ठले प्रशंसा गर्दछु।अतिनै सुन्दर। स्वदेशकै मायालाई समेटेको छ।
ReplyDelete