काँडालाई पन्साइे फूल रोज्छ मान्छे
दु:खलाई लत्याइे सुख खोज्छ मान्छे
स्वार्थी स्वभाव वास्तवमै मान्छेको गुण रे
आफ्नै बानी कस्तो होला?भनी सोँच्छ मान्छे .........../
सुख,खुशी नपाईने ठाउँ कहाँ छ ?
सन्तुष्टीको दर्हो मुटु छाम्दा जहाँ छ
सानो मुटु,लोभ लालच घर दु:खको
दु:ख,पीडा,अशान्तिको बिऊ त्यँहा छ ................/
समयले कहाँबाट कहाँ पुर्याइेदिन्छ
कुनै दिन त भेट्घाटको साइेत जुराइे दिन्छ
जिन्दगीमा बिछोडको घाऊ बल्झीदिँदा
भेट्ने पलको मीठो आशा पनि कुराइेदिन्छ ............./
0 comments:
Post a Comment