Tuesday, August 21, 2012

लघुकथा "शान्तिको हत्या"

                     "शान्तिको हत्या"                

खाना टेबलमा आइेसकेको थियो । सबैजना खाना खान तम्तयार थिए । टेबलभरी साग,सब्जिका परिकारहरु र परेवाको मासुको पकवान थियो । उमेशले सबैलाई खाना खान आग्रह गरे । सबैजनाले आ-आफ्नो भागमा खानाहरु पस्कन थाले । लुना भने एकोहोरो सुस्ताएर खाना खान मन नगरे जस्तो गरेर मलिन मुहार लिएर झोक्राउन थाली । लुनाको यस्तो ब्यवहार देखेर सबै चकित भए । उमेशले लुनालाई प्याच्च सोधी हाल्यो । "के हो लुनाजी हाम्रो घरको खाना मन परेन जस्तो छ नि ? किन,खाने इेच्छा नभए जस्तो गर्नु भो ? अनायस के भो यहाँलाई ?" लुनाले अधीर बन्दै भनी । "त्यस्तो केही होईन । भर्खर मात्र हाम्रो त्यत्रो बहस भयो । देशमा भएको अशान्ति,हत्या,हिँशाको बारेमा तर खै त ?हाम्रो सोंच कहिले परिवर्तन हुने?हामी नै शान्तिको निम्ती ठुला ठुला गफ गर्छौँ अनि पलभर नबित्दै शान्तिकै प्रतीकको हत्या गर्छौँ भने खै!त हाम्रो देशप्रतिको सकारात्मक सोंच ? अनि शान्तिप्रतिको आस्था ? हो यस्तै प्रश्नहरुले मलाई कुरी कुरी गरे झैँ लाग्यो र मैले हामी आफैलाई नै धिक्कारेँ । मलाई यो परेवाको पकवान खानलाई आफैमा हिनताबोध जागेर आयो र सोँचेँ । आखिर हामी सबै उही ड्याङको मुला भनी ।" सबै मौन बनेँ । टेबलमा सजाएका खानाहरुबाट बाफ उडिरहेकै थियो । परेवाको मासु को पकवानबाट भने बाफ उड्न छाडीसकेको थियो ।
रचना -जुलाइे/ २५/ १२ 

0 comments:

Post a Comment