गीत
सोझो गरी खानेलाई बाँची खान दिन्नन्
अघी बढ्न खोज्दा पनि अघी जान दिन्नन् ............/
साँचो,सत्य मिच्नेकै पो दिन रात हो कि ?
सत्य कर्म गर्नु नै पो यहाँ घात हो कि ?............/
आफ्नो मानो भर्नेलाई भर्न पनि दिन्नन्
मेहनत गर्नेलाई गर्न पनि दिन्नन् .........../
न्यायको हात माँग्दा नानाथरी भन्छन्
अन्यायको मन्त्र जप्दै चान्चुनेमै गन्छन् ............./
पसिनामा रम्छु भन्दा यहाँ रम्न दिन्नन्
स्थिर भइे बस्छु भन्दा बास जम्न दिन्नन् ............../
रचना - अगस्त/ ८/ १२
0 comments:
Post a Comment