Tuesday, August 21, 2012

मुक्तक

पीडकहरु खुशी हुन्छन् दु:ख,पीडा दिन पाउँदा
सर्वस्व नै हरे भन्छन् हाँसो खुशी लिन पाउँदा
एकदिन त अवश्य नै लुटको धन स्वाहा हुन्छ
बल्ल आँखा खुल्छ है,आफुलाई कर्महिन पाउँदा ।

दुइे छाक मेहनतको कमाइे खाइेएकै छ आजसम्म
सपनिमै भएनी देशको दर्शन पाइेएकै छ आजसम्म
प्रवासी भुमिमा तड्पिनु परेपनी के भो र साथीहरु ?
मुटुको ढुक्ढुकिबाटै देशको गीत गाइेएकै छ आजसम्म ........./

हारै,हारको जिन्दगीमा जित आखिर हुन्छ एकदिन
कसैको पीर,ब्यथाले गुणी मनलाइे छुन्छ एकदिन
भेट्टाउँदैमा सारा बस्तु कहिल्यै पनि आफ्नो हुन्न
अरुलाई रुवाउँने मन आफै पनि रुन्छ एकदिन ................./

बाध्यताले इेच्छाहरु जती मारेपनी
संकटमा पाईलाहरु पछी सारे पनि
उदेश्यका मुहानहरु सुक्न दिनु हुन्न
दु:ख पर्दा आँसुहरु जती झारेपनी ............../

0 comments:

Post a Comment