गज़ल
भित्र पीडा लुकाएर बाँच्दछ कलाकार
आलो घाउ दु:खाएर बाँच्दछ कलाकार ।
जिन्दगीको दु:ख बिर्सी गीतमा डुबेर नै
आसुँ झरी सुकाएर बाँच्दछ कलाकार ।
अरुलाई हँसाउन सुरिलो स्वर भर्दै
अभिमान झुकाएर बाँच्दछ कलाकार ।
मनोरन्जन दिनलाई भएर समर्पित
मनको दर्द फुकाएर बाँच्दछ कलाकार ।
संगीतको झरिभित्र रुझेर सधैंभरी
अधर त्यो सुकाएर बाँच्दछ कलाकार ।
रचना - सेप्टेम्बर/ १/ १२
0 comments:
Post a Comment