गज़ल
चाँदी झैं हिमाल टलक्क टल्क्यो पूर्वमा हाँसेर
इन्द्रेणी रंगले लालिमा छर्यो अँध्यारो मासेर ।
बिहानी शीत ढल्पल गर्छ पातमा जिस्किँदै
फूलको यौवन छिल्लिँदै बोल्छ पिरती गाँसेर ।
अन्धकार हटाइे चन्द्रमा छाउँछे आकाश माझमा
चिनारी आफ्नो त्यो कालो टिका निधारमा टाँसेर ।
मिर्मिरे बिहान मुस्काइे हेर घामलाई डाक्दछ
स्वप्निल आँखा झस्काइे दिन्छ भालेले बासेर ।
पुर्बेली हावा सरर चल्छ शितल्ता बोकेर
झरना पनि सुस्तरी झर्छ ब्यथा त्यो नासेर ।
रचना - जुलाइे/ ३० /१२
0 comments:
Post a Comment