Tuesday, August 21, 2012

गेंडी

"देशको हालतलाई छर्लँग्याउँदै गेँडी लेख्ने प्रयास "

दिनदिनै देश यो अधोगती लाग्दैछ
जनताले आफ्नो नै अधिकार माँग्दैछ
गल्ती के भो र ?
नेताको नै सर्वस्व हो र ?


लथालिङे देशको भताभुङे चाल भो
नचाहेर पनि त आज यस्तो हाल भो
कसो गरौँ नि ?
कहाँ गइे अब मरौँ नि ...../


बिग्री सक्यो देशको कस्तोगरी हालत
कैले सम्म बुन्दछौ देश डुब्ने जाल त
पछी चाखौला ,
अनि कहाँ शिर राखौला .....?
 

कैलेसम्म जनता यसरी नै भुक्ने हो ?
कुनदिन नेताको शिर तल झुक्ने हो ?
दिन बित्दैछ,
स्वार्थले नै आज जित्दैछ ...../

 

0 comments:

Post a Comment