Tuesday, September 11, 2012

( गजल )

आशा नै आशा बोकेर आज बाँच्दैछ जिन्दगी
आसुँको नदी तरेर पनि हाँस्दैछ जिन्दगी ।

न मरी जानु न गरी खानु दोधार भएनी
दु:खको मर्म सहेर पनि नाँच्दैछ जिन्दगी ।

कैले त लाग्छ जीवन यो अर्पित गरौं कि ?
बाँच्नुको सार बुझेर पीडा नाँस्दैछ जिन्दगी ।

को मित्र बन्यो?को बन्यो शत्रु?थाहा नै पाइेन
अन्योल्मा पर्दै सुखको नाता गाँस्दैछ जिन्दगी 

धिप्धिप बल्छ आशाको ज्योति अँध्यारो मनमा
काँडा झैं बाधा सखाप पार्दै माँस्दैछ जिन्दगी ।

रचना - सेप्टेम्बर/ ११/ १२ 

1 comment: