"अपबाद"
यता मन
खडेरिमा छट्पटिँदा
उता आँखा असारको
झरी बन्छ,
खै!
आफ्नै मन
आफ्नै आँखा किन
यसरी बिपरित ध्रुब
बनेर मलाई
गिज्याउँन लालायित
बन्छ ?
थाहा छैन
जीवनको सार नै
यस्तै हुन्छ कि ?
दिन खोज्दा,
कालरात्री आउँने
रात रुचाउँदा
दिनको कोलाहल
हात लाग्ने ।
हो यस्तै,यस्तै
बिपरित नियमको
दासी बनिरहेछ
यो जीवन ।
सम्झे जस्तो
चाहे जस्तो
रितसँग आफु
बाँच्न सके
शायद हर मान्छे
इेश्वरको पर्याय
पनि त कहलिन्थे
होला ?
त्यसैले त....,
मान्छे भयौँ
जस्ले घाम,पानी,
ताप,राप जे पनि
सहन वाध्य
हुनुपरेको छ ।
उता आँखा रुझ्दा
यता मन खडेरीमा
छट्पटिनु परेकोछ
आखिर...,
जे जस्तै भएपनी आँखालाई
असारे झरिबाट बचाउँन
मनको घुमले
ओत दिनै परेको छ
अनि....,
मन खडेरीमा डढे पनि
शान्त्वनाको पंखाले
शितल हावा
दिनै परेको छ।
मान्छेको नियती भोग्दै
हर अपबादहरु सहनै
परेको छ ।
रचना - सेप्टेम्बर -१५/ १२
0 comments:
Post a Comment