सम्झनामा कैलेकँहि आउने गर्थ्यौ तिमी
चौतारीमा मलाई भेट्न धाउने गर्थ्यौ तिमी
तर.....,अचेल कहाँ गयौ?माया मारेर नै
प्रीत बनी मनभित्र छाउँने गर्थ्यौ तिमी .........../
मुख छोपी घुम्टो ओढी उस्लाई नै चिहाइेँ रहेँ
बल्छीरुपी उस्को हेराइे लजाइे लजाइे मैले सहेँ
एक नजर के हेरेथ्यो लजाएर शीर झुक्यो
नयन पनि शर्माएर कस्तो पानी पानी भएँ .........../
सबको मनमा बसुँ भन्दा काँडा बनी बिझाएछु
अन्योलमा परें ओहो!शत्रुलाई पो रिझाएछु
आँखा चिम्ली विश्वास गर्दा भुमरीमा परें आज
अन्धोपनको गल्तिले भाग्यलाई नै गिज्याएछु ........../
पैंचो हाँसो ओंठमा लिएर हाँसीरै'छु अचेल
आसुँको थोपा आँखामा लुकाइे बाँचीरै'छु अचेल
निराशाको बादल मण्डराइे रहन्छ हरपल जीवनमा
तै पनी खुशी बटुलेर मनमा साँचीरै'छु अचेल ........../
0 comments:
Post a Comment