"पुर्ख्यौली पेशारुपी सेवा"
म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्नामा केही मुख छोप्ने कपडाका माक्सहरु बेच्न राखेको देखेर म उक्त पसलमा अडिएँ । यसो पसलेको मुहारमा नियालेको त मसँगै पढेको बिरु नेपाली पो रहेछ । मैले त उस्लाइे चिनी हालें । उस्लाइे भने मलाई चिन्न गार्हो पर्यो । मैले ए....बिरु तँ त पसले पो भइेस् ? भन्दा पो ऊ झस्केर बोल्यो । अहो!प्रमोद,तँ,त चिन्न नसक्ने पो भइेछस् त ? बिदेश गएर त बडो लाडसा'ब जस्तै भएछस् त ? म मौन बनें र,भनें अनि भन न तेरो खबर के छ ? पढाईको केही उपयोग गरिनस् ? बिरुले मन्द मुस्कान छर्दै भन्यो । के गर्ने साथी?देशको अवस्था तँलाइे थाहा छँदैछ। बिदेश जाने प्रयास गरेँ सफल हुन सकिंन । जागिर खाएर देशको सेवा गर्ने त हर युवाको सपना नै रह्यो।पढेर देशको सेवा गर्ने सपना मनमा पालेको थिएँ तर पुरा हुन सकेन र यसो सम्झें,आखिर सानो ठुलो जे भएपनी सेवा नै गर्ने हो भन्ने ठानेर,आफ्नै पेशाको यो धुलो धुँवाको राहतरुपी टालो भएपनी बनाएर बेच्दा आफ्नो पुर्ख्यौली पेशा पनि जिवित रह्यो।यता बटुवाहरुको ज्यानमा पनि अलिक राहत हुने सम्झेर सेवा र पेशाको रूपमा यही ब्यवसाय अंगालें।आज तँलाइे पनि त राहत भयो।कि कसो? म देशमा काम त लागें कम्सेकम ? बिरुको वाक्यले म नतमष्तक बनें र सम्झें । बिरुले जे गर्यो र जे भन्यो सहि लाग्यो। आफु भने बिदेश लागें । न'त सेवा नै गर्न सकें देशको? न'त देशको लायक नै बन्न सकें ? यही मनोभावभित्र म अल्मलिइे रहेको थिएँ । उता अर्को म जस्तै लाहुरे छि:छि:र छ्या:छ्या:गर्दै माक्स किन्न बस्यो। बिरु उस्लाइे पनि मलाई जस्तै केही भन्न मुख बाइेरहेको थियो मैले भने रु.पाँचसयको नोट उस्को गल्लाको माथी राखिदिएर चुपचाप टाप ठोकें ।
रचना/ सेप्टेम्बर १९/ १२
0 comments:
Post a Comment