कूरीरन्छु चौतारीमा माया छिट्टै आउनु है
मैले जस्तै मनबाटै माया तिम्ले लाउनु है ........../
अन्जानमै आफ्नो बन्यौ के थ्यो त्यस्तो मोहनी
पक्कै मेरै हुनुपर्छ मीठो तिम्रो जवानी .........../
सम्झिबस्छु बाडुलीमा सम्झनामा छाउनु है
मलाइे भेट्न मेरै मनको मझेरीमा धाउनु है ........../
अनायसै मन चोर्यौ के थ्यो त्यस्तो मायाजाल
जबदेखी तिमी आयौ मन भयो अत्ती बेहाल............./
पर्खिबस्छु निदरीमा सपनीमा सताउनु है
मेरो माया कस्तो लाग्यो सूटुक्कै बताउनु है ......../
कूरीरन्छु चौतारीमा ................../
रचना -सेप्टेम्बर /२५ /१२
0 comments:
Post a Comment